close

वर्षाका कारण मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

वर्षाका कारण मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

Trulli
ADVERTISEMENT

काठमाडौं । वर्षाका कारण गएरातिको आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको छ । 

हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक बाढीले क्षतविक्षत बनाएको स्थानीय बलसित खड्काले जानकारी दिए। 

यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गएराति भारी वर्षा हुँदा ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा त्रासले घर बाहिर बस्न बसेका थिए।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा  भिरालो ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।