close

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

Trulli
ADVERTISEMENT

 हेटौँडा । हेटौँडा-कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । 

एक जनाको सनाखत हुन बाँकी छ । गम्भीर घाइते चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा अन्य २१ घाइतेको हेटौँडा अस्पतालमा हुँदैछ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन् । 

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।