close

किसानलाई मौरी वितरण

किसानलाई मौरी वितरण

Trulli
ADVERTISEMENT

मुगु  । यहाँका किसानलाई मौरी र मौरी पाल्न मिल्ने आधुनिक घार वितरण गरिएको छ । 

सोरु गाउपालिका वडा नम्बर १, २ र ४ का तीन जनालाई व्यावसायिक रुपमा मौरी पाल्न मिल्ने गरी मौरी र घार वितरण गरिएको हो ।

टिडी एज बिएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत उनीहरूलाई मौरी वितरण गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु शाहीले बताइन् ।

उनका अनुसार कृषि समूह अन्तर्गत सोरु गाउपालिका–१ का मनदेवी शाही, वडा नम्बर २ बाँचेका नाथ योगी र वडा नम्बर ४ का साउनी बुढालाई मौरीसहित बाकस वितरण गरिएको हो ।