close

नगरपालिकाको प्राथमिकतामा कृषक र किसानी

नगरपालिकाको प्राथमिकतामा कृषक र किसानी

Trulli
ADVERTISEMENT

काठमडौं । भारतसँग सीमामा जोडिएको गोडैटा नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले नेपालमा रासायनिक मल अभाव हुँदा भारतीय पक्षसँग समन्वय गरेर नगरमा मल उपलब्ध गराउने गरेको गरेको बताएका छन् । 

उनले प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रममार्फत् किसानलाई विभिन्न मेसिन र विषादी वितरण उलब्ध गराएको पालिका खबरसँगको कुराकानीमा बताएका हुन् । 

प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रममार्फत् किसानलाई विभिन्न मेसिन र विषादी वितरण गरेका छौँ । नेपाल सरकारले रासायनिक मल ल्याउन नसक्दा विभिन्न निकायलाई कन्भिन्स गरेर सिमाना पारिबाट मल ल्याउन छुट लिएका छौँ ।’ 

सयमा मल उपलब्ध हुन नसक्दा किसान मारमा पर्दै आएका छन् । नहर नपुगेको ठाउँमा विद्युत् जडान गरेर खेतखेतमा सिँचाइको व्यवस्थाका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले सोलाई पूरा गर्नेगरी कार्य गरेको उनले बताए । 

‘जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार रहेकाले सबैभन्दा बढी अधिकार खोज्ने सरकार पनि हो । त्यसैले जनआकांक्षा र संविधानको मर्मबमोजिमको काम गरिरहेका छौँ र गर्नेछौँ,’ उनी भन्छन्, ‘हाम्रो पालिकाको कुनै पनि विकास निर्माणको काममा मुद्दा लागेको छैन । लागेको मुद्दामा पनि अख्तियारले सफाइ दिएको छ । बदनाम रहेको देशमा सुशासन कायम गर्न सफल रहेको महसुस गरेको छु ।’