close

एक लिटर दूधमा ५० पैसा अनुदान

एक लिटर दूधमा ५० पैसा अनुदान

Trulli
ADVERTISEMENT

बारा । कोल्हवी नगरपालिकाका रामप्रसाद चौधरीले किसानलाई प्रतिलिटर दूधमा ५० पैसा अनुदान दिइएको पनि बताए । 

किसानका छोराछोरीलाई कम्तिमा कपीकलम किन्न सहयोग र किसानको आर्थिक स्थिति सुधार्नका लागि गृहकार्यस्वरूप प्रतिलिटर दूधमा पचास पैसा अनुदान दिइएको जानकारी दिए । 

१०० दिनमा विपन्नका लागि प्रत्येक वडामा पाँच वटा दलित आवासको व्यवस्थापन गर्ने योजना रहेको उनको भनाइ छ । सुशासन विकासको पहिलो आधार भएकाले कार्यकाल सफल बनाउन उनले जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरे । 

फरक प्रसंगमा उनले केन्द्रबाट स्थानीय तहमा जनसङ्ख्या र आवश्यकताअनुसार बजेट वितरण नभएको भनी गुनासो गरे । 

कर्मचारी र जनप्रतिनिधि एक सिक्काका दुई पाटा भएको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीबीच सरसल्लाबमोजिम काम हुने गरेको बताए । 

‘कर्मचारी साथीले नीति तथा कार्यक्रम तयार पार्नुभयो । हामीहरूबीच छलफल भयो । र, नगरसभामा पास गर्‍यौँ,’ उनले भने, ‘ पैसाका बाँडफाँड गर्ने परिपाटीले विकासे बजेट भएको देखिँदैन । सानासाना विकासका लागि पैसा बाँडफाँड गर्दा काम थोरै । खर्च बढी भएको देखिन्छन् । त्यसैले विकासे योजनाको आवश्यकता अनुसारको बजेट छुट्याउनु पर्छ ।’

लक्ष्यअनुसार काम नगरी अरू काममा खर्च गर्नु भनेको स्थानीय तहको रकम सिध्याउनुमात्र हुने उनको भनाइ छ ।