close

मौलापुर नगरपालिकामा कृषि तथा पशु अस्पताल सेवा सुरु

मौलापुर नगरपालिकामा कृषि तथा पशु अस्पताल सेवा सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं ।  रौतहट जिल्लाको मौलापुर नगरपालिकामा कृषि तथा पशु अस्पताल सेवा सुरु भएको छ। मौलापुर नगरपालिकाको नगरप्रमुख रिना साहले शुक्रवार एक कृषि तथा पशु अस्पताल सेवाको उद्घाटन गरेका छन् ।

रौतहट जिल्लामै पहिलो पल्ट नै मौलापुर नगरपालिकाले कृषि तथा पशु अस्पताल सेवा सुरु समेत गरेको र यश बाट किसानहरु लभान्वित हुने नगरप्रमुख साहले बताएकी छिन्।

मौलापुर नगरपालिका भित्र रहेको किसानले अब देखि आफ्नै नगरपालिका भित्र नै आफ्नो कृषिसम्बन्धी समस्या र पशुहरुमा देखा पर्ने विभिन्न किसिमको समस्याको उपचार पाउने भए पछि किसानहरुको अनुहारमा खुसी छाएको छ ।

पूर्वमन्त्री प्रभु साहको पहलमा कृषि तथा पशु अस्पताल सेवा संचालनमा आएको छ।उक्त कार्यक्रममा मौलापुर नगरप्रमुख रिना साह,निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह,कृषि तथा पशु शाखा प्रमुख जितेन्द्रप्रसाद साहलगातको सहभागिता थियो ।