close

व्यास नगरपालिकाले अनुदानमा बिउ वितरण गर्ने

व्यास नगरपालिकाले अनुदानमा बिउ वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले अनुदानमा बिउ विजन वितरण गर्ने भएकाले सम्पर्कमा आउन अनुरोध गरेको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गरी सात दिनभित्र आवश्यक कागजातसहित कार्यालयको कृषि विकास उपशाखामा सम्पर्कमा आउन अनुरोध गरेको हो । 

‘व्यास नगरपालिका कृषि विकास उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार खर्च शीर्षक २२७ धान, मकैको बिउ विजन वितरण ५० प्रतिशतअन्तर्गत च्याउको बिउ वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७९/०७/२२ गते कार्यालय समयभित्र कृषक, कृषक समूह, कृषि सहकारी र फर्महरूले तपशीलमा उल्लेखित कागजातसहित कृषि विकास उपशाखामा निवेदन पेस गर्नका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।