close

पकेट क्षेत्र सञ्चालन गर्दै खैरहनी

पकेट क्षेत्र सञ्चालन गर्दै खैरहनी

Trulli
ADVERTISEMENT

चितवन । खैरहनी नगरपालिकाले पकेट क्षेत्र सञ्चालन गर्नको लागि निवेदन माग गरेको छ । नगरपालिकाले  एक सूचना जारी गर्दै खाद्य बस्तुको पकेट क्षेत्र स्थापनाको लागि निवेदन माग गरेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, कृषि उद्यमी तथा सहकारी संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र नगर कार्यपालिकामा आवेदन दिन सक्ने छन् । 

अन्तराष्ट्रिय तथा स्थानीय महत्वको खाद्य तथा पोषण सेवामा टेवा पुर्याउने बाली बस्तुको साना व्यवसायिक कृषि उत्पादन क्षेत्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्नको लागि आवेदन माग गरेको पालिकाले जनाएको छ ।