close

नवलपुरका गाईभैँसीमा ‘लम्पि स्किन’ देखियाे

नवलपुरका गाईभैँसीमा ‘लम्पि स्किन’ देखियाे

Trulli
ADVERTISEMENT

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका गाईभैँसीमा ‘लम्पि स्किन’ नामक सरुवा रोग देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि नवलपुरका किसान चिन्तित बनेका छन् ।

गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाईंले  बताए । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो । देवचुली नगरपालिकासहित गैँडाकोट र कावासोतीमासमेत यसप्रकारको संक्रमण देखिएको हो । 

नवलपुरमा गत असोजदेखि फाट्टफुट्ट ‘लम्पि स्किन’ रोग देखा परेकामा अहिले जिल्लाका विभिन्न पालिकामा समेत फैलिएको उनले बताए ।  देवचुली नगरपालिकामा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको उनको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिँदै गएको कार्यालय प्रमुख गुरागाइँले बताए ।

‘असोजमा फाट्टफुट्ट देखिएको थियो, अहिले विभिन्न पालिकामा फैलिएको छ”, उनले भने । देवचुलीका १३ गोठबाट नमूना सङ्कलन गरिएको थियो । सत्तरी ७० प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको छ । गुरागाइँका अनुसार गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गर्छ । 

किर्ना, भुसानाबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उनले बताए। रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको उनको भनाइ छ । “खोप उपलब्ध नहुँदा थप समस्या भएको छ, सरकारले खोप खरिदको निर्णय गरिसकेको छैन्, सङ्क्रमण देखिएको पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ”, उनले भने।