close

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

Trulli
ADVERTISEMENT

बर्दियाकाे राजापुर नगरपालिकामा रहेको खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा किसान मर्कामा परेका छन् । हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने बाध्यता छ । 

गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । त्यसको लागि मल र बिउ किन्नको लागि धान बेचेर खर्च जुटाउँदै छन् उनी । तर खाद्य संस्थानले धान नकिन्दा सस्तोमा धान बेच्न बाध्य बनेको गुनासो गर्छन् उनी ।

सरकारले धानको खरिद मूल्य निर्धारण गरेको छ । तर केन्द्रीय कार्यालयबाट आवश्यक बजेट र निर्देशन नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताउँछन् । उनी भन्छन्, “यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउन छौँ ।”

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरिया बर्दियाको तथ्याङ्क अनुसार यसवर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको जनाएको छ । विगतका वर्ष भन्दा बर्दियामा यस पटक धानको उत्पादन बढ्ने कार्यालयको प्रक्षेपण छ । 

पश्चिम नेपालमा धेरै धान उत्पादन हुने क्षेत्रमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्दछ ।