close

भीमफेदी गाउँपालिकाले कृषि कार्यक्रममा अनुदान दिने

भीमफेदी गाउँपालिकाले कृषि कार्यक्रममा अनुदान दिने

Trulli
ADVERTISEMENT

मकवानपुरको भीमफेदी गाउँपालिकाले कृषि कार्यक्रममा अनुदान दिने भएको छ ।

बुधबार गाउँपालिकाले एक सुचना जारी गर्दै कृषि कार्यक्रमअन्तर्गत ३१ ओटा प्लाष्टिकको टनेल निर्माण गर्न ५० प्रतिशत अनुदान दिने जनाएको छ । यस्तै प्राङ्गारिक मल खरिदमा समेत ५० प्रतिशत अनुदान गाउँपालिकाले दिँदै छ । 

अनुदान लिन इच्छुन कृषक, कृषक समुह तथा फर्मले सुचना जारी भएको २१ दिन भित्र आवेदन पेश गर्न सक्ने छन् । तोकिएको कागजात र वडाको सिफारिससहित कृषि विकास शाखामा आवेदन दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।