close

कृषि मेसिनरी माग गर्न मालिकाको अनुरोध

कृषि मेसिनरी माग गर्न मालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

म्याग्दी । मालिका गाउँपालिकाले कृषि मेसिनरी सामग्री माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै अनुदानमा कृषि मेसिनरी सामग्री माग गर्न अनुरोध गरेको हो । 

आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषि तर्फको वडास्तरीय कार्यक्रम सञ्चालन गर्न लागेकोले सो माग गर्न अनुरोध गरेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले चैत २३ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

कार्यक्रममार्फत ३ वटा हाते ट्याक्टर तथा मिल खरिद र ६ वटा मिनी टेलर वितरण गरिने छ । कार्यक्रमका लागि गाउँपालिकाले ४ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ । 

दुबै कृषि सामग्री ७० प्रतिशत अनुदानमा वितरण गरिने र पहिले नलिएका स्थानीयलाई प्राथमिकता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।