close

प्राङ्गारिक मलको प्रयोगले उत्पादन बढ्दो

व्यवसायिक कृषि खेतीमा जमेका उनलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने लाग्थ्यो। सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात भने त्यो धारणा हटेको उनी बताउँछन्।

प्राङ्गारिक मलको प्रयोगले उत्पादन बढ्दो

व्यवसायिक कृषि खेतीमा जमेका उनलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने लाग्थ्यो। सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात भने त्यो धारणा हटेको उनी बताउँछन्।

Trulli
ADVERTISEMENT

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका – ३ दम्मारका शिव ध्वज शाहीलाई ६३ वर्षको हुँदा सम्म प्राङ्गारिक मलको फाइदाका बारेमा ज्ञान थिएन ।  विगत १२ वर्षदेखि व्यवसायिक कृषि गर्दै उनले रासायनिक मलको प्रयोग गर्दै आएका थिए। 

व्यवसायिक कृषि खेतीमा जमेका उनलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने लाग्थ्यो। सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात भने त्यो धारणा हटेको उनी बताउँछन्। ‘व्यवसायिक कृषि खेती गर्दै आएको यतिका वर्ष भयो। मलाई त रासायनिक मल नभए बालीनाली सप्रिँदैन भन्ने लाग्थ्यो ।’ उनले भने, ‘ तर, त्यो मेरो सोचाइ गलत रहेछ। आफ्नै वनजङ्गलका झारपात कुहाएर, मलमूत्रबाट बनाइएको प्राङ्गारिक मलले  त रासायनिक मल भन्दा पनि धेरै उत्पादन दिने रहेछ।’

जलवायु परिर्वतनको अन्त्य गर्नका लागि सोसेक नेपालद्वारा संचालन गरेको ग्रिन कर्णाली परियोजना लागु भए पश्चात् आफुहरु छर्लङ्ग भएको कृषकहरुको भनाई छ । रासायनिक मल प्रयोग गरेन भने कृषि बाली फस्टाउँदैन भन्ने सोच पालेर बसेका यहाँको कृषकको सोच परिर्वतन भएको छ ।  

गुराँस गाउँपालिका–३ छर्सिकी ३३ वर्षिया सम्झना शाहीलाई पनि कृषि व्यवसाय गर्न रासायनिक मलको प्रयोग नै उपयुक्त लाग्थ्यो । ‘रासायनिक मल प्रयोग नगरेमा कसरी पो बाली सप्रिएला’ उनी यस्तै सोच्थिन्। ग्रिन कर्णाली परियोजनाबाट तालिम र प्रयोग हुने सामग्री पाएपछि उनको पनि सोच बद्लिएको छ । प्राङ्गारिक मलको प्रयोग गरेपछि आफ्नो बारी पनि परिर्वतन भएको उनले महसुस गरेकी छिन्। ‘रासायनिक मल प्रयोग नगर्दा उत्पादन कम हुन्छ भन्ने सोचाइ गलत रहेछ । रासायनिक मलले गर्दा माटो र मान्छे दुबैलाई असर गर्दो रहेछ । रासायनिक मलको सट्टा प्राङ्गारिक मल, झोल मलको प्रयोगले उत्पादन झन बढाउन सकिने रहेछ ।’

यस्तै, सेरिपात्लाका अम्मर सारु मगर पनि शिव ध्वज र सम्झना जस्तै बालीमा रासायनिक मल प्रयोग गर्थे। गुराँस गाउँपालिकाको अगुवा कृषकको रुपमा चिनिने ४७ वर्षिक मगर बारीमा उत्पादित तरकारी गुराँसे, रातानाङला, हुँदै सुर्खेतसम्म पुर्याउँथे। रासायनिक मलको प्रयोग नगर्दा उत्पादन घट्छ भन्ने सोच पूर्ण रुपमा परिर्वतन भएको उनी बताउँछन्।  उनले भने, ‘ग्रिन कर्णालीमा आवद्ध भएदेखि हामीले उत्पादन गर्ने सामग्रीसँगै सिप पाएका छौँ। अहिले हामीले पाएका सामग्री र सिकेको सीपबाट प्राङ्गारिक र झोल मल १, २, ३  को प्रयोग गरेर पहिलेको तुलनामा दुई गुणा उत्पादन गर्न सफल भएका छौँ ।’ 

जलवायु परिर्वतनको अन्त्य र प्राङ्गारिक मलको प्रयोगबाट उत्पादन बढाउने उद्धेश्यले सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन कर्णाली परियोजनाको सहयोगबाट गुराँस गाउँपालिका–३ मा ‘हरियाली कृषि तथा फलफुल उत्पादन कृषि समुह’ सञ्चालित छ । जसमा २२ सदस्य छन् । गाउँपालिकामा मात्र १२ वटा यस्ता  समूहहरु छन् । १२ वटा समूहहरुले अहिले विभिन्न तरकारी आलु, बन्दा,काउली टमाटर, सिमी,खुर्सानी, लगायतका तरकारी बाली लगाएको ग्रिन कर्णाली परियोजनाका कृषि प्राबिधिक विष्णु थापा मगरले बताइन् । 

‘अहिले जलवायु परिर्वतन भइरहेको छ। । रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तुको प्रयोगले मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर गरेको छ ।’ रासायनिक मल प्रयोग नगर्ने, प्लाष्टिकजन्य वस्तु नजलाउने,प्राङ्गारिक मलको प्रयोग गरेर जलवायु परिर्वतनको अन्त्य गर्न सहयोग पु¥याउने उद्देश्य परियोजनाको रहेको उनले बताइन्। उनका अनुसार अहिले प्राङ्गारिक मलले रासायनिक मलको प्रयोग गर्दाको तुलनामा उत्पादन बढाएको छ । 

परियोजनाका गुराँस गाउँपालिकामा वडा नम्बर १, २, र ३ गरि १२ वटा समुह छन् । अछामको तुर्माखाँद गाउँपालिका १ मा ३ वटा समुह छ। दुल्लु नगरपालिका १, २, ३, ४, र ९ नम्बर वडामा यो परियोजना लागु भएको सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना संयोजक रञ्जु बिसी बताउँछिन् । 

मासिक ५० हजार देखि एक लाखसम्म आम्दानी 

ग्रिन कर्णाली परियोजना लागु भएसँगै कृषकहरुले मनग्य आम्दानी गर्न थालेका छन् । मौसमी तथा बेमौसमी प्राङ्गारिक तरकारी खेति उत्पादन,  रोग किरा व्यवस्थापन, जैविक विषादी तथा पर्यावरणीय कृषि जलवायु परिर्वतन र जोखिम न्युनिकरण, अर्गानिक उत्पादन भएका ताजा तरकारी सेवनले स्वस्थ रहौँ भन्ने उद्धेश्यले परियोजना संचालन भएको थियो । उक्त परियोजना लागु पश्चात् कृषकको जीवन स्तरमा पनि परिर्वतन आएको छ ।  

कृषक प्राङ्गारिक मल उत्पादन गर्दै माटो र स्वास्थ्य दुबै स्वस्थ राख्ने उद्धेश्य सहित व्यवसायिक कृषिमा होमिएको ग्रिन कर्णाली परियोजना संयोजक रञ्जु बिसीको भनाई छ । डिसिय नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना लागु भएपश्चात कृषकहरुले मनग्य आम्दानी गर्न थाल्नु भएको छ,’उनले भनिन्, ‘अहिले यो परियोजनासँग आबद्ध कृषकहरुले मौसमी तथा बेमौसमी तरकारीबाट मासिक १ लाखसम्म आम्दानी गर्नुहुन्छ ।’

गुराँस गाउँपालिकामा उत्पादन भएपनि बजारको समस्या छ । अबको केही समयपछि कृषकले उत्पादन  गरेको उत्पादित वस्तु बजारसम्म पुर्याउनका लागि पनि कार्यक्रम रहेको बिसीले बताइन् । ‘ग्रिन कर्णाली परियोजना लागु भएको दुल्लु र अछामका कृषकहरुको मनग्य आम्दानीसँगै बजारको व्यवस्था पनि रहेको छ,’ उनले भनिन्, ‘गुराँस गाउँपालिकामा भर्खर मात्र परियोजना लागु भएकाले बजारको समस्या छ । तर, पनि यहाँका कृषकले मासिक ५० हजार आम्दानी गर्दै आउनुभएको छ । बजारको समस्या केही समयपछि समाधान हुन्छ । बजारको काम पनि परियोजनाले गर्छ ।’

सोसेक नेपालले ग्रामिण भेगमा पछि परेका समुदाय होस वा कृषि गर्ने इच्छा भएका कृषकलाई कृषिमा जोड्ने देखि सिप विकासका तालिमसम्म काम गर्दै आएको यहाँका स्थानीय सरोकारवाला बताउँछन् । सोसेक नेपालका परियोजना पालिकामा लागु भएपश्चात राम्रा गतिविधि गर्दे गएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी बताउँछन् ।

‘ हाम्रो पालिकामा शिक्षा, कृषि लगायतका क्षेत्रमा सोसेकको महत्वपुर्ण भुमिका रहेको छ,’ उनी भन्छन्, ‘अहिले ग्रिन कर्णाली लागु भएको छ । गुराँस गाउँपालिका १,२,३ का नागरिक प्रायजसो भारत लगायत तेस्रो मुलुकमा जानुहुन्छ उहाँहरुलाई यहि व्यवसायिक बनाउनको लागि ग्रिन कर्णाली परियोजना कार्यक्रम लाभदायिक हुने विश्वास छ ।’ उनले थपे, ‘यहाँ कृषकले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा समस्या रहेकाले बजारको समस्या हुन नदिन यहि विक्रि केन्द्र बनाउने योजनामा छौँ । कृषकले उत्पादन गरेका वस्तुहरु आगामी दिनमा पालिकाले नै खरिद गरेर बजारीकरणमा सहयोग गर्ने छौँ।’