close

अन्नपूर्ण गाउँपालिकामा खोरेतविरुद्धको खोप अभियान

अन्नपूर्ण गाउँपालिकामा खोरेतविरुद्धको खोप अभियान

Trulli
ADVERTISEMENT

कास्की । अन्नपूर्ण गाउँपालिकाले बुधबारदेखि खोरेत रोगविरुद्ध नि:शुल्क खोप अभियान सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाका अनुसार दशैंको आगमनसँगै खसी, च्याङ्ग्रा र बोका ओसारपसार हुने मध्य पहाडी लोकमार्ग वरिपरि खरेत रोगको प्रकोप हुनसक्ने भन्दै भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीसँगको सहकार्यमा गाउँपालिकाले राजमार्ग आसपास खोप सेवा सञ्चालन गर्न लागेको हो । 

राजमार्ग आसपासका व्यावसायिक फर्म तथा कृषकहरूले बुधबारदेखि पशुलाई नि:शुल्क खोप लगाउन गाउँपालिकाले आग्रह गरेको छ । समयमा नै आफूले पालेका पशुबस्तुलाई खोप लगाएर खरेत रोगको संक्रमणविरुद्धको अभियानमा सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको हो । 

गाउँपालिकाले एक सूचना जारी गर्दै आवश्यक समन्वय तथा सहयोगी भूमिकाका लागि सबै कृषकहरूलाई अनुरोध गरेको हो ।