close

रुरुक्षेत्र गाउँपालिकामा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

रुरुक्षेत्र गाउँपालिकामा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

Trulli
ADVERTISEMENT

गुल्मी  । रुरुक्षेत्र गाउँपालिकामा भुस्याहा कुकुरको  बन्ध्याकरण अभियान सुरु गरिएको छ । 

रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।

भुस्याहा कुकुरले रातिको समयमा ​झम्टिने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुकुरको स्थायी बन्ध्याकरण अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

मंगलबारदेखि सुरु भएको अभियानमा कम्तीमा ५० वटा कुकुरको बन्ध्याकारण गर्ने कार्यालयले जनाएको छ। भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको समन्वयमा पशु सेवा शाखाले कुकुरको बन्ध्याकरण जारी राखेका छन् ।