close

कुकुरलाई खोप लगाउन ३ दिने शिविर

कुकुरलाई खोप लगाउन ३ दिने शिविर

Trulli
ADVERTISEMENT

नवलपरासी । विश्व रेविज दिवसको अवसरमा मध्यविन्दु नगरपालिकाले रेबिज रोग नियन्त्रण शिविर सञ्चालन गर्ने भएको छ । 

नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७९/८०को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नि:शुल्क रेविज रोगविरुद्ध खोप कार्यक्रम गर्न लागेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको सूचना अनुसार असोज ९ गते नगरपालिकाको कार्यालयमा, असोज ११ गते १० नम्बर वडा कार्यालय र १२ गते वडा नम्बर २ को कार्यालयमा नि:शुल्क रेविज रोगविरुद्ध खोप कार्यक्रम हुँदैछ । 

सम्बन्धित सबैलाई पायक पर्ने स्थानमा आएर कुकुरलाई खोप लगाउन नगरपालिकाले आग्रह गरेको छ ।