close

वीरगञ्ज महानगरमा खुल्ला चिडियाखाना बन्ने

वीरगञ्ज महानगरमा खुल्ला चिडियाखाना बन्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा नेपालकै पहिलो खुल्ला चिडियाखानाको निर्माण कार्य सुरु भएको छ ।पर्साको वीरगन्ज महानगरपालिका ३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राणी उद्यान चिडियाघ निर्माण कार्य सुरु भएको हो । 

 वन तथा वातावरण मन्त्री प्रदीप यादवले जग्गा चाहे जति उपलब्ध हुने यो स्थानमा नेपालकै पहिलो खुल्ला चिडियाखाना बनाउन आफू लागिपरेको बताए। पर्साको सबैया साझेदारी वन क्षेत्रमा चिडियाखाना बनेसँगै मधेश प्रदेश र तराई क्षेत्रकै पर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास छ।

देशको मुख्य राजश्व प्रदायक बारा–पर्सामा विकासको गति सुस्त भएको प्रसंग जोड्दै चिडियाखानको निर्माणसँगै यस क्षेत्रको विकासले फड्को मार्ने मन्त्री यादवले ठोकुवा गरे।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले बहुबर्षीय कार्ययोजना बनाई बजेटको अभाव हुन नदिने गरी वन्यजन्तु अस्पताल सहितको चिडियाखाना निर्माणमा तिब्रता दिनेमा विभागको ध्यान रहेको बताए।

यसैगरी प्रकृति संरक्षण कोषका महानिर्देशक शरदचन्द्र अधिकारीले लामो समयपछि बन्न लागेको चिडियाखानालाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।