close

बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसार गर्न प्रतिबन्ध

बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसार गर्न प्रतिबन्ध

Trulli
ADVERTISEMENT

लमजुङ। सुन्दरबजार नगरपालिकाले बंगुर तथा बंगुरजन्य पदार्थ ओसारपसार गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाको वडा नं ६ का केही बंगुर फार्मका अफ्रिकन स्वाइन फिबर पुष्टि भएको जनाएको छ। 

नगरपालिकाको अनुसार घरपालुवा सुंगुर, बंगुर तथा जंगली बँदेलमा विषाणुको कारणले लाग्ने, उच्च मृत्युदर भएको अति खतरनाक, महामारीजन्य अफ्रिकन स्वाइन फिभर नामक रोग र्यापिड टेस्ट किट परिक्षण गर्दा वडा नं ६ मा पुष्टि भएको हो। 

यस रोगले छोटो महामारिको रुप लिन सक्ने भएकाले अर्को सुचना जारी नगरेसम्म नगरपालिकाबाट बाह्य क्षेत्रमा तथा बाह्य क्षेत्रबाट शुन्दरबजारमा बगुर तथा बंगुरजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाएको नगरपालिकाले जानकारि दिएको छ।