close

बाख्रा र भेडालाई निःशुल्क पीपीआर खोप

बाख्रा र भेडालाई निःशुल्क पीपीआर खोप

Trulli
ADVERTISEMENT

स्याङजा । चापाकोट नगरपालिकाले बाख्रा र भेडालाई निःशुल्क पीपीआर खोप लगाउँदै आएको छ । नगरपालिकाले पालिकाभित्रका किसानले पालेका भेडा र बाख्रालाई पीपीआर खोप लगाएको हो । 

नगरपालिकाको अनुसार बाख्रामा ज्वरो आउने, नाकबाट सिंगान बग्ने र पखला लाग्नेलगायतका समस्या देखिएको निःशुल्क खोप लगाउन थालेको हो । नगरप्रमुख देवकुमार खाँणका अनुसार खोप लगाउनका लागि पुश चिकित्सकलाई शिविरमार्फत टोलटोलमा पठाइएको छ । 

उनले पालिकाले हाल बाख्रालाई खोप लगाएपनि कुखुरा, भैंसी र गाईलाई पनि लगाइने बताए । उनका अनुसार नगरपालिकाले  सो खोप कार्यक्रमका लागि ३८ जना प्राविधिक खटाइएको छ । 

नगरपालिकाले हालसम्म ११ हजार ४७४ वटा बाख्रा र ३६ वटा भेडालाई खोप लगाएको छ । पालिकाभित्रका १० वटै वडामा सो खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।