close

बाख्रापालनको व्यावसायीकरणमा जोड

बाख्रापालनको व्यावसायीकरणमा जोड

Trulli
ADVERTISEMENT

पाल्पा। बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ । पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक÷एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङी बताए। 
 
‘बाख्रापालनको राम्रो सम्भावना बोकेको यस गाउँपालिकामा व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनमा सहयोगका कार्यक्रममा प्राथमिकता दिइएको छ’, उनले भने। पकेट कार्यक्रममा यहाँका एक सय ३४ घरपरिवार सहभागी छन् । 

परियोजनाको सहयोगमा ५५ जनालाई माउ बाख्रा तथा अन्य किसानलाई तालिम, आवश्यकताका आधारमा औषधि, घाँसको बीउलगायत सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा पालिकाबाट विनियोजित रु पन्ध्र लाख र सङ्घीय सरकारको रु दश लाख सहयोगमा माउ बाख्रा तथा बोका, विभिन्न मेसिनरी सामग्री किसानलाई उपलब्ध गराइएको छ । 

निस्दीका वडा नं ४ र ५ मा दुई बाख्रा पकेट क्षेत्र छन् । बाख्रापालनलाई व्यावसायीकरण गर्न बाख्रा सहयोग, खोर सुधार लगायतका कार्यक्रममा पालिकाले सहयोग गरिरहेको छ । पछिल्लो समय यहाँका स्थानीयले बाख्रापालनबाट आम्दानीको स्रोत बढाउँदै गएका पालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन्। प्रशस्त चरन क्षेत्र भएकाले किसानले व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी लिन थालेका छन् ।