close

बिहीबार ४५ अङ्कले घट्यो नेप्से परिसूचक

बिहीबार ४५ अङ्कले घट्यो नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । आज पनि नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । बिहीबार ४५.२५ अङ्कले घटेर १८४८.२८ विन्दुमा झरेको छ । 

आज २३७ कम्पनीकाे ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कुमारी बैंकको नाै करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नाै प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।