close

तिलोत्तममा लघु उद्धमी र वित्तीय निकायबीच लघु कर्जा विषयक अन्तरक्रिया

तिलोत्तममा लघु उद्धमी र वित्तीय निकायबीच लघु कर्जा विषयक अन्तरक्रिया

Trulli
ADVERTISEMENT

रुपन्देही । असार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत तिलोत्तमा नगरपालिकाको आयोजनामा लघु उद्धमी  र वित्तीय निकायबीच लघु कर्जा विषयक अन्तरक्रिया मणिग्राममा सम्पन्न भएको छ। 

तिलोत्तमानगरका उपप्रमुख जागेश्वरदेवी चौधरीको अध्यक्षता तथा प्रमुख रामकृष्ण खाँणको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।  

वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको स्वागत मन्तव्यबाट सुरु सो कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत लघु उद्धमी सिर्जना गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम भएको लघु उद्धमी सहजकर्ता शाखा प्रमुख शान्ता बिकले बताइन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले महिला स्वरोजगारका लागि लघु उद्यमी र व्यवसायले आत्मनिर्भरता बनाएको बताए। वित्तीय साक्षरतामार्फत महिलाले गरेका हरेक क्रियाकलापले समाजलाई सकारात्मक दिशामा डोर्‍याउने नगरप्रमुख खाँणले बताए।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले महिलाको जीवन स्तरवृद्धि र उनीहरुले गरेको उद्यम र व्यवसायको विकास र प्रगतिका लागि वित्तीय संस्थाले समेत सहयोग गर्नुपर्ने बताए । महिला स्वरोजगाराले नगरको रोजगारीमा समेत उल्लेखनीय योगदान गर्ने भन्दै चौधरीले सहभागी सबैलाई धन्यवाद व्यक्त बताए ।

अन्तरक्रियामा लघु उद्धमी महिलाहरूले वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग कर्जाका विषयमा विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत जीवन ज्ञवाली, वडा नम्बर–७ का अध्यक्ष देवीप्रसाद पंगेनी, कार्यपालिका सदस्य सुरेन्द्र श्री, तिलोत्तमा नगरपालिका प्रशासन शाखाका अधिकृत माधवप्रसाद पोख्रेल, कृषि विकास बैङ्कका रामबहादुर खत्री, दायित्वका कमल थापा, सामूहिक सकोसका देवराज ज्ञवाली, आर्थिक विकास शाखा अधिकृत कृष्णप्रसाद पाण्डे, तिला सुवेदीलगायतको उपस्थिति रहेको थियो।