close

सातामा १६७ अंकले बढ्यो सेयर बजार

सातामा १६७ अंकले बढ्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो साता सेयर बजार करिब १६७ अंकले बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक १६६.७१ अंकले बढेर २०२८.७७ बिन्दुमा रोकिएको छ।
आइतबारदेखि शुक्रबारसम्म ६ दिन कारोबार हुँदा  ९.९५ प्रतिशतले बढेको हो । परिसूचक गत १८६२.०६ को बिन्दुमा बन्द भएको थियो । शुक्रबार २ घण्टा कारोबार हुँदा २०२८.७७ बिन्दुमा रोकिएको हो । 

यस हप्ता कारोबार रकममा पनि ३९.५० प्रतिशतले वृद्धि भएको ६ सातामा १० अर्ब ६४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । यस हप्ता सबभन्दा बढी नाफा कमाउने कम्पनीमा सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस संस्थाका लगानीकर्ताले ७७ प्रतिशत नाफा गरेका हुन्।

त्यसैगरी, आँखुखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३८ दशमलव १९ प्रतिशतले नाफा आर्जन गरेका छन्। त्यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनी, न्यादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले  सर्वाधिक नाफा आर्जन गरेका छन् ।

सातामा सबैभन्दा धेरै कारोबार हिमालय डिस्टिलरीको ३७ करोड रुपैयाँको कारोबार भएको छ ।