close

सोमबार ९.७५ अंकले घट्यो सेयर बजार

सोमबार ९.७५ अंकले घट्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । सोमबार अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा रोकिएको छ ।

सोमबार २३४ कम्पनीको १० लाख ९८ हजार कित्ता सेयर ७५ हजार पटक करोबार भएको हो  । 

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । आज कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको कारोबार भएको थियो ।

कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो ।  कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे ।