close

एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आज एकैदिन नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँ घटेको छ । 

मंगलबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ ।  यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।