close

गाउँपालिकाको लगानीमा औद्योगिक ग्राम

गाउँपालिकाको लगानीमा औद्योगिक ग्राम

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले आफ्नै क्षेत्रभित्र आफ्नै लगानीमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । आर्थिक वर्षा २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार औद्योगिक ग्राम बन्ने भएको हो ।

गाउँपालिकाको आर्थिक विकासका लागि औद्योगिक ग्राम स्थापना गर्ने नीति ल्याएको गाउँपालिकाले जनाएको छ । औद्योगिक ग्रामको स्थापना र सञ्चालनसँगै लघु साना एवं मझौला उद्योग र सहकारी स्थापनालाई प्राथमिकता राखेको छ । 

यस अघि नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ४५ र आर्थिक वर्ष ०७७/०७८ मा १३ वटा गरी जम्मा ५८ वटा औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद‍्ले निर्णय गरेको थियो । 

सरकारले तेह्रथुमको म्याङलुङ नगरपालिका,धनकुटाको पाख्रिवास नपा, छथर र जोरपाटी गाउँपालिका, उदयपुरको बेलका र रौतामाई नगरपालिका साथै ओखलढुंगाको मोलुङ गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको छ ।