close

काठमाडौं महानगरको १० दिने अल्टिमेटम : बहाल कर तिर्नू

काठमाडौं महानगरको १० दिने अल्टिमेटम : बहाल कर तिर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, समाज कल्याण परिषद् र नेपाल प्रहरीलगायत १० वटा निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ ।

महानगरपालिकाले नेपाली सेना, प्रहरी, समाज कल्याण परिषद, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहाल कर तिर्न ताकेता गरेको हो । 

महानगरपालिकाभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाको राजश्व विभागले बहाल कर बुझाउन सेना, परिषद् र प्रहरीलाई पत्राचार गरेको हो । 

पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेको हो । 

१० दिनभिब बहाल कर नतिरेमा राजश्व ऐन २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख छ ।