close

गरिमाको लाभांश प्रस्ताव

गरिमाको लाभांश प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौँ । गरिमा विकास बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ।

२४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हुनेछ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुने बताइएको छ।