close

उर्लाबारीले ल्यायो हाउजिङ निर्देशिका, व्यवसायिक प्लटिङ अनुमतिमा १५ लाखसम्मको धरौटी आवश्यक

३ लाखदेखी १५ लाखसम्म धरौटी राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ

उर्लाबारीले ल्यायो हाउजिङ निर्देशिका, व्यवसायिक प्लटिङ अनुमतिमा १५ लाखसम्मको धरौटी आवश्यक

३ लाखदेखी १५ लाखसम्म धरौटी राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ

Trulli
ADVERTISEMENT

उर्लाबारी । लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट खुलाएको केही दिन नबित्दै उर्लाबारी नगरपालिकाले बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न भन्दै जग्गा विकास तथा हाउजिङ निर्माण सम्बन्धी निर्देशिका जारी गरेको छ । 

कार्यपालिकाको बैठकले पूर्व निर्देशिका पारित गरेको उर्लाबारीका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले जानकारी दिए । उनले भने, ‘निर्देशिका जारी भएपछि अब यहाँ हुने जथाभावी प्लटिङ व्यवसाय रोकिनेछ भने व्यवस्थित शहर निर्माणमा सहयोग पुर्याउनेछ ।’ 

निर्देशिका लागु भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचना लगायतलाई रोक लगाउँदै व्यवस्थित शहरको विकाशमा सहयोग पुर्याउने प्रमुख प्रशासकिय अधिकृत अधिकारीको विश्वास छ । निर्देशिका जारी भएपछि कुनै ब्यक्ति वा संस्थाले नगरपालिका वा सम्बन्धित निकायबाट जग्गा विकाश तथा हाउजिङ निर्माण गर्न अनुमति लिनुपर्नेछ । यसका लागि ३ लाखदेखी १५ लाखसम्म धरौटी राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । 

जग्गाधनीले आवसीय र व्यवसायिक जग्गाको किनबेच वा जग्गा उपयोगको प्रयोजनका लागि कित्ताकाट गर्दा जग्गाको मोहडा कम्तीमा ३२ फिट र क्षेत्रफल आठ धुर हुनुपर्नेछ । एक वर्षमा एक ब्यक्तिले एउटा कित्ताबाट तीन टुक्रा भन्दा बढी कित्ताकाट गर्न नपाउने निर्देशिकाले व्यवस्था गरेको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले बताए । 

मेयर खरेलले भने, ‘कृषि क्षेत्रको हकमा जग्गाको क्षेत्रफल दुई कठ्ठा हुनुपर्नेछ तर अंशबण्डाको हकमा र पहिले नै कित्ताकाट भईसकेको जग्गाको हकमा यी मापदण्ड लागु हुँदैन ।’ 

- सुमन घिमिरे