close

अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह

अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह

Trulli
ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरूका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो । 

“सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,” एक स्थानीय अधिकारीले भने ।  आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरूका लागि आफूहरूले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरूले जनाएका छन् ।

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सीमित आफन्तहरू मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ । तालिबान सरकारले पनि महङ्गो विवाह समारोहरु आयोजना गर्न निरुत्साहित गरेको छ ।