close

२८०० किलो अवैध चिनी बरामद

२८०० किलो अवैध चिनी बरामद

Trulli
ADVERTISEMENT

रुपन्देही । जिल्लाको देवदहबाट प्रहरीले पिकअप जिपसहित ५६ बोरा अवैध चिनी बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बिहीबार देवदह–१० चरङ्गेबाटजिप र चिनी नियन्त्रणमा लिइएको हो ।

चेकजाँचको क्रममा लु १ च ४६२८ नम्बरको पिकअप गाडिमा खरिद बिक्रीको बिल भरपाई नभएका ५० केजीका ५६ वटा चिनीका बोरा बरामद भएको छ । आवश्यक कारबाहीको लागि भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।