close

हजुरआमाको सहयोगमा डेढ महिनादेखि बालिकाको बलात्कार

हजुरआमाको सहयोगमा डेढ महिनादेखि बालिकाको बलात्कार

Trulli
ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा झन्डै डेढ महिनादेखि एक युवकले पटक-पटक एक बालिकालाई बलात्कार गरिरहेको तथा ती बालिकाको बलात्कारमा हजुर आमा नाता पर्ने एक महिला मुख्य सहयोगी रहेको खुलेको छ ।

सन्धिखर्क नगरपालिकाकी १४ वर्षीया बालिकालाई सितगंगा नगरपालिका-१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले गत जेठ १ गतेदेखि पटक-पटक बलात्कार गर्ने गरेको भन्दै असार ५ गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले पालिका खबरलाई जानकारी दिएका छन् ।

साथै उनले ती युवकसँगै हजुरआमा नाता पर्ने अन्दाजी ४० वर्षकी एक महिलालाई समेत पक्राउ गरिएको जानकारी दिएका छन् । पुर्पक्षका लागि म्याद लिएर अनुसन्धान समेत अघि बढाइएको छ ।

डिएसपी थापाका अनुसार अनुसन्धान गर्दा बालिकालाई बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० वर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलेको छ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ, बिस्कुट ख्वाउने तथा अन्य लोभ लालचसमेत देखाउँदै बलात्कारको सिकार बन्न सघाएकी थिइन्।

त्यस यता पनि  उनले आफ्नो घरमा र  पटक-पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराएर पैसासमेत लिने गरेको पाइएकोले दुबैलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  

दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अदालतमा पेस गरी ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन्। उनी घरमासमेत बेला बेलामा बर्बराउँदै  मध्यरातमा बाहिर जाने  गरेकी छन्।

बालिकालाई बलात्कार पश्चात कसैलाई जानकारी दिए कुट्ने, मार्नेलगायतको धम्की दिँदै थप मानसिक पीडा दिँदै आएको पाइएको प्रहरीले जनाएको छ।