close

दिनदिनै हुँदैछन् बालिकाहरु बलात्कारको शिकार

बारामा ५ वर्षीया बालिकाको बलात्कार

दिनदिनै हुँदैछन् बालिकाहरु बलात्कारको शिकार

बारामा ५ वर्षीया बालिकाको बलात्कार

Trulli
ADVERTISEMENT

बारा । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारामा एक जना पक्राउ परेका छन् ।

सो अभियोगमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरीका १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जङ्गलमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

पछिल्ला केही समय यता बालिका बलात्कारको घटनामा बृध्दि हुँदै गएका छन् । केही समय यता संघीय संसदमा नै बालिका बलात्कार गर्नेलाई मृत्यु दण्डको सजायसम्म दिनु पर्ने माग उठेका छन् । त्यस्तै बलात्कारमा परेकाले समयमा न्याय पाउन नसक्दा यस्तफ अपराधले विकराल रुप समेत लिन थालेको छ ।