close

धादिङमा पेस्तोलसहित दुईजना पक्राउ

धादिङमा पेस्तोलसहित दुईजना पक्राउ

Trulli
ADVERTISEMENT

धादिङमा दुई जना पेस्तोलसहित पक्राउ परेका छन् । 

खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरेको थियो ।

आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो । 

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।