close

बोक्सीको आरोपमा महिला कुट्ने धामी प्रहरीको फन्दामा

बोक्सीको आरोपमा महिला कुट्ने धामी प्रहरीको फन्दामा

Trulli
ADVERTISEMENT

संखुवासभा । एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

संखुवासभाकी ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्कीलाई पक्राउ गरेको हो । 

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरेका थिए । कार्कीको कुटाइबाट महिला घाइते भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घाइते महिलाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।