close

आलुको बोराभित्र स्रोत नखुलेको ८३ लाख रुपैयाँ...

आलुको बोराभित्र स्रोत नखुलेको ८३ लाख रुपैयाँ...

Trulli
ADVERTISEMENT

धनुषा । सशस्त्र प्रहरीले मंगलबार धनुषाको जनकनंदिनी गाउँपालिकामा आलुको बोरामा स्रोत नखुलेको ८३ लाखभन्दा बढी नेपाली रूपैयाँ र मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् ।

आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ इनर्वा चेक प्वाइन्टबाट बरामद गरिएको सशस्त्र प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा लुकाएर रुपैयाँ ल्याउँदै गर्दा जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।