close

डीभी भिसामा अमेरिका जान नक्कली कागजात बनाउने ९ जना पक्राउ

डीभी भिसामा अमेरिका जान नक्कली कागजात बनाउने ९ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार  ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूले नक्कली शैक्षिक प्रमाण-पत्र बनाएको प्रहरीले जनाएको छ ।  ।

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा पाँचथर मिकलाजुङ गाउँपालिका–६ का समिर राई, कास्की पोखरा महानगरपालिका–१० का  अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ की राधिका तामाङ छिन् । 

त्यस्तै, स्याङजा चापाकोट गाउँपालिका–२ की ३८ वर्षीया सविता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिकाका सुरजराज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ का वीरेन्द्रबहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ दिनेश प्रसाई र दमक नगरपालिका–८ का सूर्यबहादुर श्रेष्ठ छन् ।