close

बागमती नगरपालिकामा चलेको गोली, एकजना घाइते

बागमती नगरपालिकामा चलेको गोली, एकजना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जनामाथि गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार  लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ  ।

कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।