close

पाहुनाको गोप्य भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ

पाहुनाको गोप्य भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका-३ बाँसवारीमा लज सञ्चालन गरेर पाहुनाका गोप्य भिडियो खिचेको आरोपमा एकजना पक्राउ परेका छन् ।  
बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि-१५ घर भई उक्त क्याफेको म्यानेजर पदमा कार्यरत ४२ वर्षका मुकेश माली छन् । 

मालीको फोन जाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरूको रेकर्डेड भिडियो फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी बृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोलीले उक्त उनको मोबाइलसमेत बरामद गरेको छ । 

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर’ अन्तर्गत ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दा दायर गरिएको छ । ।