close

हत्यामा संलग्न आरोपमा चारजना पक्राउ

हत्यामा संलग्न आरोपमा चारजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङको तुलसीपुरमा हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । 

हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको, र आज सार्वजनिक गर्ने कार्यक्रम रहेको दाङ प्रहरीले जनाएको  छ । 

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए ।

उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।  पोस्टमार्टमको रिपोर्ट आएको छैन ।

मृतक शरद र रोशनी एउटै स्कुलका विद्यार्थी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दमारगाउको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् ।