close

लाहानबाट सशस्त्र प्रहरी इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोटसहित दुई जना पक्राउ

लाहानबाट सशस्त्र प्रहरी इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोटसहित दुई जना पक्राउ

Trulli
ADVERTISEMENT

सिरहा । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस  हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाइ नियन्त्रणमा लिएको छ । सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको हो ।

नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा  सिरहा जिल्लास्थित  लाहान नगरपालिका वडा नम्बर  १९ स्थायी घर भएका वर्ष ३० का माेहम्मद ओसिन र  सोहि नपा  १०  स्थायी घर  भएका  २२ वर्षिय माेहम्मद राज शेख  रहेका छन् ।विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनिहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको जनाइएकाे छ ।

उनीहरुलाइ बरामद सामान सहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएकाे छ ।