close

सप्तकोसीको बाँध फुट्यो, बेलका नपाका २३ सय घरपरिवार उच्च जोखिममा

सप्तकोसीको बाँध फुट्यो, बेलका नपाका २३ सय घरपरिवार उच्च जोखिममा

Trulli
ADVERTISEMENT

उदयपुर । लगातारको वर्षाका कारण सप्तकोशी नदीको बाँध फुटेर बेलका नगरपालिकामा पस्न थालेको छ।

बुधबार बिहान ४ बजेदेखि नदी डुम्रीबोटबाट पश्चिम कटान गर्दै सिसौली टप्पु -चिलिया बस्ती तर्फ पसेको बेलका नगरपालिकाले जनाएको छ । 

बस्तीमा नदी पसेपछि करीब २३ सय घरपरिवार उच्च जोखिममा परेका छन् । नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार वडा नम्बर १, २, ३, ८ र ९ का बस्तीमा नदी पसेर बासिन्दालाई विस्थापित बनाएको हो । 

बेलका नगरपालिका,  जिल्ला प्रशासन कार्यालय उदयपुर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रभावितलाई उद्धार गरिरहेका प्रमुख कार्कीले पालिका खबरलाई बताए ।