close

८ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

८ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी नै खुला भएको छ । 

बुधबार बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आठ घण्टाकफ प्रयासपछि खुलेको प्रहरीले जनाएको छ । 

वर्षाका कारण अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर नारायणगढ–मुग्लिन सडक खुलाइएको थियो । तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो ।