close

प्रधानमन्त्रीले दिए भूकम्प पीडितको उद्धार गर्न निर्देशन

प्रधानमन्त्रीले दिए भूकम्प पीडितको उद्धार गर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका पीडितलाई राहत, उद्धार र घाइतेको उपचार तत्काल गर्न निर्देशन दिएका छन् । 

बुधबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

'सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।' प्रधानमन्त्रीले ट्विटमार्फत भनेका छन् ।