close

नगर समितिद्वारा शिक्षण शुल्क निर्धारण

नगर समितिद्वारा शिक्षण शुल्क निर्धारण

Trulli
ADVERTISEMENT

रुपन्देही - बुटवल उपमहानगरको नगर शिक्षा समितिले गत शैक्षिक सत्रमा गरिएको शुल्कलाई आधार मानेर शुल्क निर्धारण गरेको छ । बुटवल उपमहानगरले भने दुई किसिमले शुल्क निर्धारण गरेको छ ।


उपमहानगरको शिक्षामहाशाखाका अनुसार निजी विद्यालयलाई असार, साउन र भदौ महिनाको शिक्षण शुल्कको ६० प्रतिशत र असोजदेखि ७५ प्रतिशत शुल्क उठाउन दिने निर्णय गरिएको छ ।


विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ को दफा ३० मा भएको व्यवस्था अनुसार नगर शिक्षा समितिको बैठकले विद्यार्थीबाट उठाइने शुल्क निर्धारण गरेको उपमहानगरले जनाएको छ ।


बुटवल उपमहानगरका शिक्षा  महाशाखा प्रमुख मित्रमणि खनाल शिक्षक र कर्मचारीले खाइपाई आएको तलब सुविधा नघट्ने सर्तमा ७५ प्रतिशतसम्म शुल्न लिनपाउने निर्णय गरिएको बताउँछन् ।


उनका अनुसार असार, साउन र भदौ महिनामा सिकाइ सहजीकरणमा भाग नलिएका विद्यार्थीले शुल्क तिर्नुपर्ने छैन भने विद्यालयले पनि ६० प्रतिशत शुल्क लिनपाउने छैनन् ।


मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप, यातायात, विज्ञान, कम्प्युटर, पुस्तकालय लगायतका शुल्क विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने खनालले बताए । तोकिएभन्दा बढी शुल्कलिए र तोकिएभन्दा अरु शीर्षकमा शुल्क उठाए उपमहानगरले कारबाही गर्ने उनले जानकारी दिए ।