close

 कक्षा १२ को परीक्षा आजदेखि सुरु

 कक्षा १२ को परीक्षा आजदेखि सुरु

Trulli
ADVERTISEMENT

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को यसपालिको वार्षिक परीक्षा आजदेखि सुरु गर्दैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २५ जेठसम्म हुनेछ । 

 

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । 

 

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । यसपालिको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् ।