close

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन

Trulli
ADVERTISEMENT

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । 

नगर प्रमुख विमला राईको अध्यक्षतामा बुधबार बसेको शिक्षा शाखा समितिको बैठकले सबै नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको पढाइलाई अंग्रेजी माध्यम गर्ने गरी तयारी थालेको हो ।  

अंग्रेजी माध्यमबाट के कसरी पढाउन सकिन्छ भन्नेबारे छलफलका लागि शुक्रबार सबै विद्यालयका प्रधानाध्याप, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र ११ वटै वडाका वडाध्यक्षहरूलाई छलफलका लागि बोलाइएको नगरपालिकाले जनाएको छ । सबैको सुझाव तथा विज्ञहरूसँगसमेत छलफल गरी रफ्तारमा काम गर्ने नगरपालिकाको योजना छ । 

सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि शहर तथा सदरमुकाममा बसेर छोराछोरी पढाउनुपर्ने बाध्यता अन्त्य हुने नगरपालिकाले विश्वास लिएको छ ।

'टाठाबाठाहरूको छोराछोरी बोर्डिङ पढ्नकै लागि शहर केन्द्रित हुँदा सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको र देखासिकीले गर्दा हुँदा खानेसमेत छोराछोरीकको बोर्डिङ पढाइकै लागि विदेशिने र बसाइ पनि लम्बिँदै जाने बाध्यताले गर्दा यो निर्णय गरिएको हो,' नगर प्रमुख बिमला राईले पालिका खबरसँग भनिन् । 

गाउँको सामुदायिक विद्यालयको कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा १० जनामात्र विद्यार्थी हुने र आफै शिक्षक गर्ने सामुदायिक विद्यालयका शिक्षकहरुले समेत आफ्नो छोराछोरीलाई शहरका बोर्डिङमा पढाउनेजस्ता समस्याले गाउँको शैक्षिक सुधारसँग पढाउनकै लागि शहर जानेहरूको संख्या घटाउन निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

नगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न त्यत्तिकै आवश्यक छ । शैक्षिक सुधारका लागि विद्यार्थी कम भएका, दरबन्दी संख्या कम भएका र नजिकै अन्य विद्यालयको सहज पहुँच भएकालाई तत्कालका लागि अस्थायी रूपमा समायोजन गर्न स्थलगत अध्ययनका लागि कार्यदलसमेत गठन गरिएको छ ।

‘अपवादबाहेक टाठाबाठाका छोराछोरी निजी विद्यालयमा पढ्छन्,’ नगर प्रमुख राईले थपिन् ‘तर, सामुदायिक विद्यालयचाहिँ अलपत्र परेका छन्, त्यसलाई क्रमश: सुधार्दै लगिनेछ, यो निर्णय पहिलो कदम हो ।’