close

अत्यधिक गर्मी बढेपछि ५ स्थानीय तहमा विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि ५ स्थानीय तहमा विद्यालय बन्द

Trulli
ADVERTISEMENT

सुदूरपश्चिम । पछिल्लो समय कैलाली र कञ्चनपुरमा गर्मी बढेपछि आधा दर्जन स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

गर्मीका कारण विद्यार्थी बिरामी हुने गरेको भन्दै स्थानीय तहले मातहतका विद्यालयहरू केही दिनका लागि बन्द गरेका हुन् । कैलालीको गोदावरी नगरपालिकाका नगरपालिकाले जेठ २६ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । 

त्यस्तै घोडाघोडी नगरपालिकाले पनि विद्यालय बन्द गरेको छ। नगरपालिकाले जेठ २६ र २७ गते विद्यालय बन्द गरेको थियो ।  

कञ्चनपुरका तीन स्थानीय तहले गर्मी बिदा दिएका छन्। जिल्लाको भीमदत्त, शुक्लाफाटा र वेदकोट नगरपालिकाले विद्याल बन्द गरेका हुन् । भीमदत्त नगरपालिकाले जेठ २४ देखि २७ गते शुक्रबारसम्म, शुक्लाफाँटा नगरपालिकाले जेठ २६ र २७ गते र बेदकोट नगरपालिकाले तीन दिन बिदा दिएको हो ।