close

टीकापुरका ३ विद्यालयले मात्र गरे सामाजिक परीक्षण

टीकापुरका ३ विद्यालयले मात्र गरे सामाजिक परीक्षण

Trulli
ADVERTISEMENT

कैलाली । अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन् ।

शिक्षा नियमावलीअनुसार भदौ मसान्तसम्म विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सरोकारवाला सामु सार्वजनिक गर्नुपर्ने हो । यस वर्ष हालसम्म टीकापुर नगरपालिकाअन्तर्गतका ३३ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा विद्यालयले मात्र सामाजिक परीक्षण गरेका छन् । ३० वटा विद्यालयले अझै सामाजिक परीक्षण कार्यक्रम नगरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिनुभयो । 

‘अहिलेसम्म तीन विद्यालयले सामाजिक परीक्षण सकेका छन्, हामीले कातिक मसान्तसम्म सक्न भनेका छौँ’, उनले भने, ‘समयमै गरिएन भने सामाजिक परीक्षणबापत आउने अनुदान रोकिन्छ ।’ 

कैलाली जिल्लामा जम्मा पाँच सय ६५ विद्यालय छन् । जिल्लामा रहेका यी सामुदायिक विद्यालयले मापदण्डअनुसार सामाजिक परीक्षण गर्नुपर्छ । अधिकांश विद्यालयले सामान्यरुपमा सामाजिक परीक्षण गर्छन् । परीक्षण गर्नुपर्ने वाध्यताले गर्ने गरेका अभिभावकको गुनासो छ ।

सामुदायिक विद्यालयले यसरी सामाजिक परीक्षणलगायतका कार्य गरे पनि निजी विद्यालयको हकमा भने यस्तो ब्यवस्था लागू भएको देखिँदैन । निजी विद्यालयले पनि सामाजिक परीक्षण, भेलालगायतका कार्य गरी विद्यालयको शैक्षिक र अन्य अवस्थाबारे जानकारी दिन पालिकाले कडाइ गर्नुपर्ने अभिभावकको भनाइ छ ।