close

पाठ्यपुस्तक परिमार्जनमा सुझाव दिन गोकर्णेश्वरको अनुरोध

पाठ्यपुस्तक परिमार्जनमा सुझाव दिन गोकर्णेश्वरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम परिमार्जनको लागि राय सुझाव उपलब्ध गराउनु अनुरोध गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिकाभित्रका शिक्षा क्षेत्रका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालासँग आवश्यक सुझावको माग गरेको हो । 

सूचना अनुसार नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि लागू हुने गरी स्थानीय पाठ्यक्रमको परिमार्जन गर्नका लागेको छ । पालिकाले २०७६ देखि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । 

पाठ्यपुस्तक परिमार्जनको लागि मंसिर १० गतेसम्म शिक्षाविद्, शिक्षक, विद्यार्थी, सरोकारवाला व्यक्तिले सुझाव दिन सक्नेछन् । इच्छुक व्यक्तिले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको इमेल आइडीमा सुझाव दिन सक्ने पालिकाले सो सूचनामार्फत जानकारी दिएको छ ।